नवलपरासीमा स्थानिय प्रशासनले जुनसुकै समयमा पनि नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले वरपर वस्तीहरुमा उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।
आज बिहान २ बजे देखि म्याग्दी जिल्ला, राम्चे गा.वि.स.को काफलडाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिन गई जलाशय बन्न गएको हुँदा उक्त जलाशय जुनसुकै समयमा पनि खोलिन गई नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतकर्ता अनाउन सबैलाई आग्रह गरेको हो ।
जलाशय खोली गएमा काली गण्डकी र नारायणी आसपासका वस्तीहरुमा जोखिम हुन सक्ने सम्भावना भएकोले सर्वसाधरणलाई नदी किनारमा नजान, व्यवसायजन्य अन्य क्रियाकलापहरु नगर्न र नदी किनारका वस्तीहरुका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताउनुभयो ।
यसैबिच कार्यालयले सम्बद्ध निकायहरुसँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाई सुरक्षा निकायहरुलाई तयारी हालतमा राखिएको जनाएको छ ।
यस सम्बन्धी कुनै खतराको सम्भावना वा विपद्को अवस्था श्रृजना हुन सक्ने भएमा नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालय, वा ईलाका प्रशासन कार्यालय, कावासोतीमा सूचना दिनुहुन समेत सम्बन्धित सबैमा अपील समेत गरेको छ ।
जलाशय जुनसुकै समयमा पनि खोलिन गई नारायणी नदीमा पानीको बहाव बढेमा नवलपरासीमा एक दर्जन बढी गाउं बिकास समिती उच्च जोखिममा पर्ने खतरा छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !