Headlines News :
Home » » दासढुंगा काण्ड दुर्घटना कि षड्यन्त्र ?मदन भण्डारी

दासढुंगा काण्ड दुर्घटना कि षड्यन्त्र ?मदन भण्डारी

Written By कावासोती youth on Sunday, May 17, 2015 | 1:33 AM

गणेश पाण्डे-
हरेक वर्ष जेठ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासदीपूर्ण घटनाको सम्झना हुन्छ एमालेका तत्कालिन महासचिव
मदन भण्डारी संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ दासढुंगाकाण्डको १६ वर्षपछि फेरि आएको , जेठ गते विगतका वर्षमा झैं यो वर्षपनि मदन आश्रितको तस्विरमा माल्यार्पण गरियो सम्झनामा दुई थुंगा फूल चढाउनु औपचारिकता मात्रै हुँदै हो, दासढुंगा काण्डको छानविनको प्रसंग पनि केवल औपचारिकता पूरा गर्नका लागि मात्र उठाइन थालेको दासढुंगा काण्ड दुर्घटना हो कि षड्यन्त्रको हो मदन भण्डारी जीवराज आश्रितको हत्यारा ? प्रश्न १६ वर्षदेखि अनुत्तरित उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् के यो उत्तर विनाको प्रश्न हो ?
२०५० साल जेठ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो एउटा सिंगै पुस्ता फेरियो उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन
पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश प्रबाह गर्न मदन जीवराज देशब्यापी अभियानमा हुनुहुन्थ्यो यही अभियानकै क्रममा दासढुंगामा उहाँहरु चढेको गाडी रहस्यमय तरिकाले दुर्घटना भयो कास्कीमा एमालेको जिल्ला अधिवेशन थियो त्यही अधिवेशनमा भाग लिन काठमाडौंबाट उहाँहरु पोखरा जानुभएको थियो पोखराको कार्यक्रम सकिएपछि उहाँहरु चितवन जादैँ हुनुहुन्थ्यो किनभने चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै हुनुहुन्थ्यो चितवनको कार्यक्रममा सम्बोधन गरेपछि पाँचौ महाधिवेशनको सन्देश लिएर उहाँहरु पूर्वी नेपालका जिल्लामा जाने तयारीमा हुनुहुन्थ्यो तर, उहाँहरु चितवनको महिला अधिवेशनमा नै पुग्न पाउनुभएन
पोखराबाट मुग्लिन हुँदै गाडी चितवनतर्फ हुँइकिइरहेको थियो जब चितवनको दासढुंगा आयो तब गाडीको गति केही कम भयो साँझ करिब साँढे बजेतिर उहाँहरु चढेको बा ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो गाडीका चालक अमर लामा गाडीबाट हाम्फाले तर, मदन भण्डारी जिवराज आश्रित भने त्रिशुलीको भेलमा गाडीसहित बेपत्ता हुनुभयो त्यसपछि मदन भण्डारी जिवराज आश्रित दुर्घटनामा परेको खबर सनसनीपूर्ण तवरले देशभर फैलियो जिप नदीमा बेपत्ता भयो तर जिप चालक अमर लामा सकुशल रहे त्यसैले यो दुर्घटना नभई षड्यन्त्र भएको चर्चा पनि सँगसँगै फैलियो जिप त्रिशुलीमा बेपत्ता भएकाले नेता मदन भण्डारी जिवराज आश्रितलाई सकुशल पाउने आशा थिएन दुर्घटना भएको धेरै दिनसम्म पनि नेपाली जनताले आफ्ना नेताहरुको शवसम्म देख्न पाएनन् धेरै दिनको प्रयासपछि बगांलादेशबाट गोताखोर झिकाएर मात्र उहाँहरुको शव त्रिशुलीबाट निकालियो उहाँहरुको मृत्युपछि देशभर शोक फैलियो पार्टीका कार्यकर्तामात्र हैन, सबै जनता शोकमा डूबे
यो मृत्यु नभइ हत्या हो भन्दै देशभर एमाले कार्यकर्ताहरु आन्दोलनमा होमिए आन्दोलनका क्रममा केही कार्यकर्ताको ज्यान समेत गयो तत्कालिन कांग्रेस नेतृत्वको सरकारसँग घटना छानविनको माग गर्दैै एमाले कार्यकर्ता आन्दोलित भएका थिए धेरै दिनको आन्दोलन पश्चात तत्कालिन सरकारले अनिल आयोग गठन गर्यो सरकारको तर्फबाट गठित अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमालेले फेरी आन्दोलन गर्यो आन्दोलनबाट आत्तिएपछि सरकारले पुनः सर्बोच्च अदालतका न्यायाधिश त्रिलोक प्रताप राणाको अध्यक्षतामा अर्को छानबिन आयोग गठन गर्यो त्रिलोक आयोगले घटनाको छानविन गर्न सकेन बरु गम्भीर छानविन जरुरी भएको भन्दै रिपोर्ट बुझायो दुई नेताको रहस्यमय हत्या भएको भन्दै नागरिक समाजले पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन गर्यो नागरिक समाजको आयोगले पनि घटना रहस्यमय भएको भन्दै थप छानविन हुनपर्ने निश्कर्ष निकाल्यो बिभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले नेता केपी ओलीको नेतृत्वमा आयोग गठन गर्यो ओली नेतृत्वको आयोगले दासढुँगा काण्ड दुर्घटना नभइ रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो यो आयोगले घटनाको कडा अध्ययन गरी दोषि उपर कारबाहिको माग समेत गर्यो एउटै हत्याकाण्डका लागि चार चार वटा आयोग गठन भए तर कसैले पनि दोषि किटान गर्न सकेनन्
घाउ १६ वर्ष अगाडिको हो तर अझै निको भएको छैन अझै दुख्दैछ, त्यो पुरानो घाउ किनभने त्यसको अहिलेसम्म उपचार गरिएको छैन छानविनको प्रक्रिया पनि झन् पछि झन् जटिल बन्दै गइरहेको , किनभने दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि त्यसको पाँचवर्षपछि हत्या भइसकेको अज्ञात समूहले अमर लामालाई कीर्तिपुरमा दिउँसै लेखेटेर हत्या गर्यो दुर्घटनामा अमर लामा सकुशल भएकाले उनले षड्यन्त्रपूर्वक दुर्घटना गराएको आशंका गरियो
२०५० साल जेठ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो एउटा सिंगै पुस्ता फेरियो उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन नेताहरु हरेक वर्ष जेठ गते आइपुग्दा दासढुँगा काण्डको छानविन हुने बताउँदै हिँड्छन् तर पहल भने हुन सकेको छैन पछिल्ला वर्षमा एकरत्ति पनि पहल भएको छैन  दासढुंगाकाण्डबारे उब्जिएका प्रश्नको जवाफ खोज्न पहल गर्ने दायित्व एमालेको हो नत्र हत्याकाण्डबारे एमालेप्रति नै औँला ठडिन सक्छ सँगसँगै कसैका अगाडि नझुक्ने राजालाई समेत चुनावी मैदनमा आउन चेतावनी दिने मदन भण्डारीले अबलम्बन गरेको बाटोमा अगाडि बढ्नु पनि एमालेका लागि दायित्व हो
गणेश पाण्डे

गणेश पाण्डे
हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासदीपूर्ण घटनाको सम्झना हुन्छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ । दासढुंगाकाण्डको १६ वर्षपछि फेरि आएको छ, जेठ ३ गते । विगतका वर्षमा झैं यो वर्षपनि मदन आश्रितको तस्विरमा माल्यार्पण गरियो । सम्झनामा दुई थुंगा फूल चढाउनु त औपचारिकता मात्रै हुँदै हो, दासढुंगा काण्डको छानविनको प्रसंग पनि केवल औपचारिकता पूरा गर्नका लागि मात्र उठाइन थालेको छ । दासढुंगा काण्ड दुर्घटना हो कि षड्यन्त्र ? को हो मदन भण्डारी र जीवराज आश्रितको हत्यारा ? प्रश्न १६ वर्षदेखि अनुत्तरित छ । उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् । के यो उत्तर विनाको प्रश्न हो ?
२०५० साल जेठ ३ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो । पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो । तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन ।
पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश प्रबाह गर्न मदन र जीवराज देशब्यापी अभियानमा हुनुहुन्थ्यो । यही अभियानकै क्रममा दासढुंगामा उहाँहरु चढेको गाडी रहस्यमय तरिकाले दुर्घटना भयो । कास्कीमा एमालेको जिल्ला अधिवेशन थियो । त्यही अधिवेशनमा भाग लिन काठमाडौंबाट उहाँहरु पोखरा जानुभएको थियो । पोखराको कार्यक्रम सकिएपछि उहाँहरु चितवन जादैँ हुनुहुन्थ्यो । किनभने चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै हुनुहुन्थ्यो । चितवनको कार्यक्रममा सम्बोधन गरेपछि पाँचौ महाधिवेशनको सन्देश लिएर उहाँहरु पूर्वी नेपालका जिल्लामा जाने तयारीमा हुनुहुन्थ्यो । तर, उहाँहरु चितवनको महिला अधिवेशनमा नै पुग्न पाउनुभएन ।
पोखराबाट मुग्लिन हुँदै गाडी चितवनतर्फ हुँइकिइरहेको थियो । जब चितवनको दासढुंगा आयो । तब गाडीको गति केही कम भयो । र साँझ करिब साँढे ५ बजेतिर उहाँहरु चढेको बा अ प ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो । गाडीका चालक अमर लामा गाडीबाट हाम्फाले । तर, मदन भण्डारी र जिवराज आश्रित भने त्रिशुलीको भेलमा गाडीसहित बेपत्ता हुनुभयो । त्यसपछि मदन भण्डारी र जिवराज आश्रित दुर्घटनामा परेको खबर सनसनीपूर्ण तवरले देशभर फैलियो । जिप नदीमा बेपत्ता भयो तर जिप चालक अमर लामा सकुशल रहे । त्यसैले यो दुर्घटना नभई षड्यन्त्र भएको चर्चा पनि सँगसँगै फैलियो । जिप त्रिशुलीमा बेपत्ता भएकाले नेता मदन भण्डारी र जिवराज आश्रितलाई सकुशल पाउने आशा थिएन । दुर्घटना भएको धेरै दिनसम्म पनि नेपाली जनताले आफ्ना नेताहरुको शवसम्म देख्न पाएनन् । धेरै दिनको प्रयासपछि बगांलादेशबाट गोताखोर झिकाएर मात्र उहाँहरुको शव त्रिशुलीबाट निकालियो । उहाँहरुको मृत्युपछि देशभर शोक फैलियो । पार्टीका कार्यकर्तामात्र हैन, सबै जनता शोकमा डूबे ।
यो मृत्यु नभइ हत्या हो भन्दै देशभर एमाले कार्यकर्ताहरु आन्दोलनमा होमिए । आन्दोलनका क्रममा केही कार्यकर्ताको ज्यान समेत गयो । तत्कालिन कांग्रेस नेतृत्वको सरकारसँग घटना छानविनको माग गर्दैै एमाले कार्यकर्ता आन्दोलित भएका थिए । धेरै दिनको आन्दोलन पश्चात तत्कालिन सरकारले अनिल आयोग गठन गर्यो । सरकारको तर्फबाट गठित अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमालेले फेरी आन्दोलन गर्यो । आन्दोलनबाट आत्तिएपछि सरकारले पुनः सर्बोच्च अदालतका न्यायाधिश त्रिलोक प्रताप राणाको अध्यक्षतामा अर्को छानबिन आयोग गठन गर्यो । त्रिलोक आयोगले घटनाको छानविन गर्न सकेन । बरु गम्भीर छानविन जरुरी भएको भन्दै रिपोर्ट बुझायो । दुई नेताको रहस्यमय हत्या भएको भन्दै नागरिक समाजले पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन गर्‍यो । नागरिक समाजको आयोगले पनि घटना रहस्यमय भएको भन्दै थप छानविन हुनपर्ने निश्कर्ष निकाल्यो । बिभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले नेता केपी ओलीको नेतृत्वमा आयोग गठन गर्‍यो । ओली नेतृत्वको आयोगले दासढुँगा काण्ड दुर्घटना नभइ रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो । यो आयोगले घटनाको कडा अध्ययन गरी दोषि उपर कारबाहिको माग समेत गर्‍यो । एउटै हत्याकाण्डका लागि चार चार वटा आयोग गठन भए । तर कसैले पनि दोषि किटान गर्न सकेनन् ।
घाउ १६ वर्ष अगाडिको हो । तर अझै निको भएको छैन । अझै दुख्दैछ, त्यो पुरानो घाउ । किनभने त्यसको अहिलेसम्म उपचार गरिएको छैन । छानविनको प्रक्रिया पनि झन् पछि झन् जटिल बन्दै गइरहेको छ, किनभने दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि त्यसको पाँचवर्षपछि हत्या भइसकेको छ । अज्ञात समूहले अमर लामालाई कीर्तिपुरमा दिउँसै लेखेटेर हत्या गर्‍यो । दुर्घटनामा अमर लामा सकुशल भएकाले उनले षड्यन्त्रपूर्वक दुर्घटना गराएको आशंका गरियो ।
२०५० साल जेठ ३ गतेपछि त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई अहिले बुढ्यौली लागिसक्यो । पटक पटक सरकार फेरिँदा एमाले आफै पनि सरकारमा पुग्यो । तर पनि घटनाको चित्तबुझ्दो छानबिन भएन । नेताहरु त हरेक वर्ष जेठ ३ गते आइपुग्दा दासढुँगा काण्डको छानविन हुने बताउँदै हिँड्छन् । तर पहल भने हुन सकेको छैन । पछिल्ला वर्षमा त एकरत्ति पनि पहल भएको छैन । दासढुंगाकाण्डबारे उब्जिएका प्रश्नको जवाफ खोज्न पहल गर्ने दायित्व एमालेको हो । नत्र हत्याकाण्डबारे एमालेप्रति नै औँला ठडिन सक्छ । सँगसँगै कसैका अगाडि नझुक्ने र राजालाई समेत चुनावी मैदनमा आउन चेतावनी दिने मदन भण्डारीले अबलम्बन गरेको बाटोमा अगाडि बढ्नु पनि एमालेका लागि दायित्व हो ।
- See more at: http://dainiknepal.com/2015/60494.html#sthash.nybslFMf.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger