Headlines News :
Home » » नवलपरासीमा भुकम्पको कारण १ सय १५ विद्यालयमा क्षति

नवलपरासीमा भुकम्पको कारण १ सय १५ विद्यालयमा क्षति

Written By कावासोती youth on Saturday, May 16, 2015 | 11:21 PM

नवलपरासीमा भुकम्पको कारण १ सय १५ वटा विद्यालयमा  क्षति पुगेको छ । जस्मा १२ वटा विद्यालय पुर्णरुपमा ध्वस्त भएको र वाकीँमा आशिंक क्षति पुगेको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ । क्षति पुगेको अधिकासं विद्यालय पहाडी क्षेत्रका छन् । विद्यालयमा क्षति पुग्दा विद्यार्थिको पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थि लाई पालमा राखेर अध्ययन गराउनका लागि पनि पाल र टेण्ट नहुदा कहीले वाट विद्यालय सञ्चालन हुने हो भन्नेमा अन्योल रहेको छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछि पनि वैशाख २९ गते र शुक्रवार  गएको ५.५ रेक्टर स्केलसहित बारम्वारको पराकम्पनका कारण विद्यार्थी, अभिभावक, शिक्षक सबै त्रसीत बनेका छन् । अहिलेको यो अवस्थामा मानसिक रुपमा नै विद्यार्थीहरु पनि पठनपाठनकालागी तयार नभएको र कतिपय विद्यालय भत्केको र चर्किएका कारण जोखिम रहेको भन्दै त्यसको मर्मत संम्भार तथा वैकल्पिक व्यवस्था नगरी पठनपाठन गराउने अवस्था पनि नभएकोले विद्यालय एक हप्ता विदा गरिएको हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger