Headlines News :
Home » » सवैभन्दा वढी दुर्घटना हुने साधन मोटरसाईकल

सवैभन्दा वढी दुर्घटना हुने साधन मोटरसाईकल

Written By कावासोती youth on Monday, June 1, 2015 | 10:44 PM



नवलपरासीमा सवैभन्द्या वढी मोटर साईकल दुर्घटना हुने गरेको पाईएको छ  ।कुल दुर्घटनामध्ये ४७ प्रतिसत दुर्घटना मोटरसाईकल संग समवन्धित रहेको ट्राफ्रिक प्रहरी कार्यालयको तथ्याङकमा छ ।
यस आर्थिक बर्षको पछिल्लो दश महिना अर्थात बैशाख मसान्तसम्म नवलपरासीमा भएका १ सय ८१ वटा सवारी दुर्घटना मध्ये ८६ वटा दुर्घटनामा मोटरसाइकल परेको छ । यो तथ्यांक हेर्दा करिब ४७ दशमलब ४१ प्रतिशत दुर्घटनामा मोटरसाइकल परेको छ ।

त्यस्तै पछिल्लो दश महिनामा नवलपरासीमा सवारी दुर्घटनामा परी ज्यान गुमाउने ८३ जना मध्ये ३१ जना मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने रहेका छन् । यो तथ्यांक हेर्ने हो भने पनि दुर्घटनामा ज्यान गुमाउने सय जना मध्ये ३७ जना त मोटरसाइकल दुर्घटनामै परेर ज्यान गुमाउने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक सूर्य श्रेष्ठले बताए । त्यस्तै ट्राफिक प्रहरीले गर्ने कारवाही र ट्राफिक नियम उल्लंघन गर्नेमा पनि मोटरसाइकल चालक नै अगाडि देखिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले पछिल्लो १० महिनामा ट्राफिक नियम उल्लंघन गर्नेबाट १ करोड ३५ लाख १५ हजार नौ सय रुपैयां राजश्व संकलन गरेकोमा मोटरसाइकल चालकलाई गरिएको कारवाहीबाट मात्रै १७ दशमलब ५३ प्रतिशत अर्थात २३ लाख ६९ हजार ८ सय रुपैयां राजश्व संकलन गरेको छ भने । पछिल्लो दश महिनामा कारवाहीमा परेका ३८ हजार ८ सय १८ जना चालकमा मोटरसाइकल चालक मात्रै २१ दशमलब ५२ प्रतिशत अर्थात ७ हजार सात सय ९ जना मोटरसाइकल चालक ट्राफिक नियम उल्लंघन गरे वापत कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रहरी निरीक्षक सूर्य श्रेष्ठले बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger